Aadarsh-Daily

परवानीपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन

ad-4p
content left

बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुर चोकमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। न्यू रायजिङ युवा क्लबको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरूमा नौसद देवान, प्रमोद राम,राहुल साह, हरिन्द्र ठाकुर, धुरुप पटेल र सुबाश पटेल रहेका छन । कार्यक्रमका प्रमुख अतिथी जसपा नेपाल पार्टीका युवा नेता तथा परवानीपुर गाउँपालिका प्रत्यासी सञ्जु साहले रगतको पोका दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो। प्रमुख अतिथी साहले कार्यक्रमको आयोजना गरेको क्लबका सम्पूर्ण टिमलाई धन्यवाद दिँदै आउने दिनमा अझ सामाजिक कार्यमा लाग्न युवाहरुलाई आग्रह गर्नु भएको थियो। वहाले आफू पनि प्रतेक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको र यो अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । खासगरी अहिलेका युवाहरुलाई कुलतमा लागेर आफ्नो र आफ्नो परिवारको जीवनलाई बर्बाद गरिरहेको देख्दा आफूलाई धेरै दुःख लागेको र युवा शक्ति जहिले पनि समाजमा केहि गरेर अगाडि बढने मनसायका साथ अगाडी बढन र त्यस्तो कार्यमा आफू हरसम्भव साथ र सहयोग गर्न तयार रहेको बतउनुभयो । कार्यक्रममा स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेलले शुभकामना दिँदै सबै मिलिजुली यस पालिकामा रगतको अभावलाई कम गर्न र परेको व्यक्तिलाई सहयोग गर्न आग्रह गरे । उनले सामाजिक कार्यको लागि आफ्नो क्लब पनि सधैं साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रम न्यू रायजिङ युवा क्लबका अध्यक्ष लक्ष्मी राउत कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा क्लबका सचिव मनिकान्त साह, कोषा अध्यक्ष फारूक हवारी, स्वच्छ समाज युवा क्लबका सचिव त्रिलोक प्रताप सिंह, सदस्य सरोज यादव, प्रमोद यादव, अखिल पटेल,लगायत स्थानीय युवा, सुरक्षा कर्मी, सञ्चारकर्मी, न्यू रयाजिङ युवा क्लबका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

सर्वोच्च फैसलापछि कांग्रेसलाई एकताबद्ध बनाउन थापाको आह्वान

Aadarsh Daily

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily