Aadarsh-Daily

शिक्षकहरुले सडकमै सुतेर गरे प्रदर्शन

ad-4p

राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।सोमबार माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् ।

content ad p2
content left

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।

यहि असोज ६ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । यो सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

 

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily