Aadarsh-Daily

मधेसका बन मन्त्री कुर्मी लोसपाको उपाध्यक्षमा मनोनीत

ad-4p

वीरगञ्ज । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को उपाध्यक्षमा मनोनीत भएका छन् ।

content ad p2
content left

लोसपाले सोमबार आफ्नो पदाधिकारी र केन्द्रीय समिति विस्तार गर्दै मन्त्री कुर्मीलाई उपाध्यक्षमा मनोनीत गरेको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्यमा निर्वाचित कुर्मी हाल मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकारमा बन तथा वातावरण मन्त्री छन् । कुर्मी संविधानसभा सदस्य पनि हुन् ।
लोसपाले ६३ जना पदाधिकारी चयन गरेको छ । एक अध्यक्ष, तिन वरिष्ठ नेता, एक वरिष्ठ सह-अध्यक्ष, ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सह-महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, एक सह-कोषाध्यक्ष र एक प्रवक्ता चयन गरेको छ । त्यस्तै पार्टीले एक सय ८४ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ ।

महन्त ठाकुरलाई अध्यक्ष, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता तथा सर्वेन्द्र नाथ शुक्ललाई वरिष्ठ सह-अध्यक्ष बनाइएको छ । त्यस्तै जितेन्द्रप्रसाद सोनार (सोनल), लक्ष्मणलाल कर्ण, उमाकान्त झा, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीप नारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ । निर्जला राउतलाई कोषाध्यक्षको पनि भूमिका दिइएको छ ।

 

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily