Aadarsh-Daily

बारामा पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

ad-4p
content left

बारा – बाराकाे नेपाल-भारत सिमानामा रहेकाे दशगजा क्षेत्रमा एक पूर्व सशस्त्र प्रहरी जवानकाे शव भेटिएकाे छ । पचरौता नगरपालिका–१ पचरौता गाउँ नजिक दशगजा क्षेत्रमा गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फेला परेकाे हाे ।

content ad p2

प्रहरीले हत्या आशङ्कामा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा राहुल साह र सामलाल महतो रहेका छन् । घटनामा नेपालीसहित चारजनाकाे संलग्नता रहेकाे र अन्य दुई जनाकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
स्थानीयवासीका अनुसार सशस्त्र प्रहरीकाे जागिर छाडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल चलाउनु भएकाे थियाे । तर, केही समयअघिदेखि उहाँले रक्सी पसल  बन्द गरेर गाउँमै खेतीपाती गर्दै आउनु भएकाे थियाे ।

 

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily