Aadarsh-Daily

महोत्तरीको एक गेष्टहाउसबाट ६ जना पक्राउ, तीनजनाविरुद्ध मुद्दा

ad-4p

संकेतिक फोटो

content ad p2
content left

महोत्तरीको एक गेष्ट हाउसमा यौन धन्दामा गर्ने गराउने आरोपमा ६ जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ सम्सी बजारमा संजिव कुमार झाले संचालन गरेको संगम होटल एण्ड गेष्ट हाउसबाट तीनमहिलासहित ६ जना पक्राउ परेका हुन् ।

सम्सी प्रहरीचौकीले खानतलासी गरी गेष्ट हाउस संचालक झासहित ६ जनालाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार गेष्ट हाउस संचालक वर्ष ४२ का संजिव, भारत बिहार राज्य जिल्ला सितामढी थाना बेला ग्राम पंचायत मन्पौर वडा नं.६ बस्ने वर्ष २२ का हरिद्वार यादव र ग्राम पंचायत भेरहिया वडा नं.३ बस्ने वर्ष २२ का गुलाब धुनियामाथि मानव वेचविखन तथा ओसार पसार मुद्दा चलाइएको छ ।
महिलाहरुलाई ल्याएर यौनधन्दामा संलग्न गराएको आरोपमा उनीहरुमाथि मुद्दा चलाएको हो । जिल्ला अदालत महोत्तरीबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily