Aadarsh-Daily

खोटाङको मसानेडाँडामा गोरु काटेर सामूहिक भोज खाएको आरोपमा युवक पक्राउ

 

ad-4p

वीरगञ्ज । गोरु काटेर सामूहिक भोज खाएको आरोपमा एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले मङ्गलवार एक जना युवकलाई पक्राउ गरेको हो ।

content ad p2

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङ पक्राउ परेका हुन् ।

बादल गुरुङ लगायत स्थानीयले गोरु काटेर सामूहिक भोज खाएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले बताए ।
बरालका अनुसार गुरुङलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । गोरु काटेर खाएको पुष्टि भएमा कानुन बमोजिम कारबाही हुने उनले बताए ।

content left

मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले सोमबार सांस्कृतिक क्रान्ति भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा गोरु काटेर भोज खाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा आएको थियो ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले यसअघि पनि झापा लगायत जिल्लामा गोरु काटेर सामूहिक भोज गरेको उक्त भिडिओमा बताइएको थियो ।

गोरु-गाई काटेर खाएको आरोपमा कारबाही तीव्र पारिएपछि प्रतिरोधमा सामूहिक भोज खाने अभियान चलाइएको छ । धरानमा पनि गोरु काटेर सामूहिक भोज गरेपछि जातीय तथा धार्मिक द्वन्द्वको जोखिम बढेको थियो ।

यता, मङ्गोल नेसनल अर्गनाइशसनका खोटाङ इन्चार्ज टङ्कबहादुर मगरले उक्त घटनामा आफूहरूको संलग्नता नरहेको जिकिर गरेका छन् ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily