Aadarsh-Daily

एक्लै बस्दै आएकी महिलाको छपकैयामा हत्या

ad-4p

वीरगञ्ज । वीरगञ्ज आफ्नै घरमा एक महिलाको हत्या भएको छ ।

content ad p2

वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या भएको हो ।

पर्सा प्रहरीका अनुसार शुक्रवार बिहान टाउकोमा घरेलु हतियारले हानेर गम्भीर  अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगियो । यद्यपि त्यहाँ  चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

content left

पुनमदेवीको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै हत्याको यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए ।

प्रहरीका अनुसार पुनमदेवीको हत्या कसले र किन गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

मृतक पुनमदेवी घरमा एक्लै बस्दै आएकी थिइन् । उनका पति गगनदेव कामको सिलसिलामा भारतमा र छोरा पनि अध्ययनको लागि भारतकै दिल्लीमा रहेका छन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

 

 

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily