Aadarsh-Daily

विद्यार्थी बिचको विवादमा शिक्षकलाई बदनाम गराइयो : प्रअ मेहता

ad-4p

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाका – २४ स्थित शारदा माध्यमिक विद्यालय बहुअरी सुगौलीका प्रधानाध्यापक विनोद शारदा माध्यमिक विद्यालय सञ्चारमाध्यमले बङ्ग्याएको आरोप लगाएका छन् ।

content ad p2

केही दिन अगाडि शारदा माविका शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा थुनेर कुटेको भन्दै विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारको खण्डन गर्दै प्रधानाध्यापक महेताले यस्तो आरोप लगाएका हुन् ।

नियमित पठनपाठनलगायतको विषय उठान गर्दै विरोध प्रदर्शन गरिरहेका विद्यालयका प्राविधिक सङ्काय र माविका विद्यार्थीबिच भएको विवादलाई सञ्चारमाध्यमले बङ्ग्याएर शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा थुनेर कुटपिट गरेको भन्दै सम्प्रेषण गरेको महेताको भनाई छ ।

‘गत आइतबार विद्यालयमा कोही पनि शिक्षक नभएको बेला प्राविधिक सङ्कायका विद्यार्थीहरूले विद्यालयको मूल ढोकामा तालाबन्दी गरेका थिए । सोही बेला आएका माविका विद्यार्थी र उनीहरूबिच विवाद सुरु भयो । विवादका क्रममा उनीहरूबिच हातपात समेत भयो,’ महेताले भने, ‘हातपातको खबर सुन्न साथ विद्यालय पुगेका माविका शिक्षकहरूले विवादलाई समाधान गर्न पहिलो तल्लामा रहेका प्राविधिक सङ्कायका विद्यार्थीलाई माथि नै रोक्न केही समयका लागि भर्‍याङ अगाडि रहेको कैँची ढोकालाई बन्द गरिदिए । सोही दृश्यलाई कैद गरेर केही सञ्चारकर्मी साथीहरूले विषयलाई बङ्ग्याएर सम्प्रेषण गरिदिनुभयो ।’

विवाद उग्र हुँदै कसैलाई चोटपटक नलागोस् भनेर शिक्षकहरूले गरेको राम्रो कामलाई समेत सञ्चारमाध्यमले सत्य तथ्य नै नबुझी बङ्ग्याएर लेख्नु गलत भएको उनको कथन छ । विवादलाई साम्य पार्ने बाहेक शिक्षकहरूको कुनै संलग्न समेत नभएको उनको दाबी छ ।

content left

मेहताको दाबीलाई विद्यार्थीले पनि समर्थन गरेका छन् । प्राविधिक सङ्कायमा अध्ययनरत अनिल साहले पनि विद्यार्थीबिच भएको विवादलाई साम्य पार्ने उद्देश्यका साथ शिक्षकहरूले केही समयका लागि भर्‍याङ अगाडिको कैँची ढोका बन्द गरेको स्वीकारे ।

विवादले उग्र रूप लिएपछि अन्तिम विकल्पका रूपमा शिक्षकहरूले बाध्य भएर प्राविधिक सङ्कायका विद्यार्थीलाई पहिलो तल्ला मै रोक्न भर्‍याङ अगाडिको ढोका बन्द गरेको उनले बताए । ‘विद्यार्थीबिचको विवाद उग्र बन्दै गइरहेको थियो । दुवै समूहका विद्यार्थी आक्रोशित थिए । विवादलाई थप बढ्न नदिन शिक्षकहरूद्वारा हामीलाई माथि नै रोक्न केही बेरका लागि भर्‍याङ अगाडिको कैँची ढोका बन्द गरिएको थियो,’ विद्यार्थी साहले भने, ‘सञ्चारमाध्यममा आए जस्तो हामीलाई थुन्न अथवा कुट्नको लागि होइन ।’

विद्यालयका प्रधानाध्यापक विनोद महेताले सञ्चारमाध्यममा लगाइएका अन्य आरोपहरूको पनि खण्डन गरे । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पैसा पठाए पनि विद्यालयले शिक्षकहरूको तलब भत्ता रोकेको भन्दै आएका समाचारहरू पनि निराधार र तथ्यहीन भएको उनले बताए ।

उनले भने, ‘शारदा माविमा सञ्चालित सीटीईभीटीअन्तर्गतका कोर्सका लागि कुनै पनि सरकारी निकाय, दाता अथवा एजेन्सीबाट सहयोग आउँदैन । विद्यार्थीहरूबाट उठेको शुल्कबाट कोर्स चल्छ । पैसा नै नपाएको खण्डमा त्यसलाई रोकेर राख्ने कुरै भएन ।’

सीमित विद्यार्थीहरूले पनि समयमा शुल्क नबुझाउँदा शिक्षकलाई तलब दिन समस्या परेको उनको भनाई छ । ‘विद्यार्थीको सङ्ख्या सीमित छ । उनीहरूले पनि समयमा शुल्क बुझाउँदैनन् । कुनै सरकारी निकाय वा दाताबाट सहयोग पनि आउँदैन, विद्यालयको खातामा पनि पैसा छैन,’ उनले यात्रा डेलीलाई भने, ‘यस्तो अवस्थामा शिक्षकलाई तलब दिन कहाँबाट पैसा ल्याउने ?’

राजनीतिक द्वेष र रिसिइबिका कारण विद्यालय भित्र र बाहिरका केही तत्त्वहरूले विद्यार्थीलाई उक्साएको हुनसक्ने महेताको आशङ्का छ । प्रयोगात्मक परीक्षा चलिरहेको बेला नियमित कक्षा सञ्चालन सञ्चालन नभएको भन्दै विद्यार्थीले गरेको आन्दोलनको पनि कुनै औचित्य नै नभएको उनले बताए । ‘१८ गते बिहीबारसम्म उनीहरूको प्रयोगात्मक परीक्षा थियो । अनि १४ गते नै नियमित कक्षा सञ्चालन हुनुपर्‍यो भन्दै विद्यार्थीले विरोध गर्न थाले । यो उनीहरू आफैले गरेकै होइनन् । अन्य तत्त्वहरूले उनीहरूलाई उक्साएका छन्,’ उनले भने ।

प्राविधिक शिक्षाको कक्षाहरू नियमित रूपमा सञ्चालनमा ल्याउन विद्यालय प्रयासरत रहेको महेताले बताए । अभिभावक, जनप्रतिनिधि, विद्यार्थी सबैसँग छलफल गरेर एउटा निक्र्यौल निकाल्ने प्रयास जारी रहेको उनले बताए । वीरगञ्ज महानगरपालिकाले पनि यसको लागि पहल गर्नुपर्ने उनको भनाई थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily