Aadarsh-Daily

मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पद रिक्त

ad-4p

रौतहट,३०असाेज : रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको पद रिक्त भएको छ। मंगलबार निर्वाचन आयोगले सूचना जारी गर्दै मेयर साहको पद रिक्त भएको जनाएको हो।

content ad p2

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट निर्वाचित भएकी मौलापुर नगरपालिकाकी मेयर साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निजको निर्वाचित भएको पद स्वतः रिक्त भएको जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एमाले) नामक राजनीतिक दलको तर्फबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ ।

content left

आम जनता पार्टीमा लागेको पुष्टि भएपछि साहको मेयर पद गएको हो । मेयर साह आजपाका केन्द्रीय अध्यक्ष प्रभु साहकी पत्नि हुन् ।

गएको स्थानीय चुनावमा गठबन्धनलाई हराउँदै दोस्रो पटक मेयर पदमा नेकपा एमालेकी उम्मेदवार रिनाकुमारी साह विजयी भएकी थिइन्। २०७४ सालको निर्वाचित मधेस प्रदेश कै एक मात्र महिला मेयर रिना साह २०७९ को चुनावमा पनि ५५ सय ६४ मत पाएर विजयी भएकी थिइन् ।

मौलापुर नगरपालिकामा कूल मतदाता १४ हजार ७ सय ८४ रहेकोमा १२ हजार ७ सय ६० मत खसेको थियो । नगरपालिकाको ९ वडामध्ये वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा एकीकृत समाजवादीले जितेको छ भने अन्य सबै वडाहरुमा नेकपा एमालेले जितेको छ ।साभार: अन्नपुर्णपाेष्टबाट

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily