Aadarsh-Daily

सहकार्य र मोर्चाबन्दी हुनसक्छ तर जसपा कम्युनिस्ट पार्टी हुन सक्दैन : अध्यक्ष यादव

ad-4p

जनता समाजवादी पार्टी (जसपा) नेपालले सैद्धान्तिक रुपले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएको र कम्युनिस्ट पार्टी हुन नसक्ने बताएको छ।

content ad p2
content left

वर्तमान अवस्थाको समाजवादी मोर्चा कम्युनिस्ट  पार्टी अथवा साम्यवादी मोर्चामा रुपान्तरित हुन नसक्नेसमेत पार्टीले प्रस्ट पारेको छ।पार्टी अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत् उक्त विचार व्यक्त गरेका हुन् । अध्यक्ष यादवले भनेका छन्, ‘एउटा समाजवादी पार्टीको लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टीहरु बीच सहकार्य र मोर्चा मात्र हुन सक्छ।’

यादवले अघि भनेका छन्, ‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिंगका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिस्ट वा साम्यवादी हुन सकिदैन।’

यसबाट भ्रमित र दुविधामा नरहनसमेत यादवले अनुरोध गरेका छन्। वर्तमान अवस्थामा जसपा, नेपाल सम्मिलित समाजवादी मोर्चालाई कतिपयले साम्यवादी मोर्चाको रुपमा बुझ्ने, बुझाउने गरेको र त्यसले पार्टीपंक्तिमा केही भ्रम सिर्जना गरेको सन्दर्भमा पार्टीको उक्त धारणा सार्वजनिक भएको पार्टीका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

सम्बन्धित खबर

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily