Aadarsh-Daily

यूएईमाथि नेपालको जित

ad-4p

 काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले चार खेल खेलेकोमा सतप्रतिशत जित निकालेको छ ।

content ad p2

हङकङ र यूएईसँग भएका दुई/दुईवटै खेल जितेर नेपाल फाइनल प्रवेश गरिसकेको छ । यी सबै खेल मुलपानी क्रिकेट रंगशालामा भएका हुन् ।

नेपालले यूएईसँगको दोस्रो खेल आज खेलेको हो । आजको खेलमा नेपाल यूएईमाथि ५ विकेटले विजय भयो ।

पहिलो क्रमका ब्याटर सस्तैमा गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्‍यो र जित हात पार्‍यो ।

content left

आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालेको पारीमा छैटौं नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै जित पक्का गरे ।

यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले १५ बलमै ४० रन बनाए।

यूएईका मोहम्मद जवादुल्लाहले २, जहुर खान र अकिफ राजाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily