Aadarsh-Daily

वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष महर्जन रातभर प्रहरी थुनामा

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जन रातभर प्रहरी थुनमा बसेर छुटेका छन् ।

content ad p2
content left

मदिरा सेवन गरेर उच्छृङ्खल गतिविधि गरेपछि उनलाई प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएर सोमबार बिहान छाडेको हो । महर्जनलाई रातभरि थुनामा राखिएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले पुष्टि गरे ।

महर्जनलाई सोमबार बिहान १० बजे आफन्तको जिम्मा लगाएर घर पठाइएको एसपी शाहले जानकारी दिए ।

शाहका अनुसार वडाध्यक्ष महर्जनले आइतबार राति रक्सी सेवन गरेर होहल्ला गरेको गरेको भन्दै स्थानीयहरूले प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा पुगेको प्रहरीसँग समेत महर्जनले अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर रात भरी थुनामा राखिएको थियो ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily