Aadarsh-Daily

माेटरसाइकल दुर्घटना हुदाँ बाराकाे पिलुवामा चालककाे मृत्युु

ad-4p

वीरगन्ज,११कार्तिक: बारामा शनिबार बिहान भएकाे माेटरसाइकल दुर्घटनामा एक युवकको मृत्युु भएकाे छ ।

content ad p2
content left

बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित सडकमा शनिबार बिहान ज १२ प ७१५४ नम्बरको माेटरसाइकल दुर्घटना हुदाँ त्यसका चालक कञ्चनपुरको भिभदत्त नगरपालिका वडा नम्बर ११ का २६ वर्षिय आकाश साेनारकाे मृत्युु भएकाे हाे ।

कलैयाबाट पिलुवा तर्फ जाँदै गरेकाे साेनारले हाँकेकाे माेटरसाइकल आफैं अनियन्त्रित भई पल्टिदा साेनार गम्भीर घाइते भएका थिए ।

घाइते साेनारलाई सुरुमा उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियाे ।त्यहाँबाट उनलाई नाैतनस्थित एल.एस. न्युराे अस्पताल लगिएकोमा उपचारका क्रममा त्यँही उनकाे मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily