Aadarsh-Daily

बाराको जितपुरसिमरा – ६ स्थित खेतबाट एक महिलाको शव बरामद

ad-4p

बाराको जितपुरसिमरा उपमहानगरपालिका – ६ स्थित खेतबाट एक महिलाको शव बरामद भएको छ ।

content ad p2

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले त्यहाँ बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

content left

महिलाको पहिचान भने खुल्न सकेको छैन ।

यस विषयमा अधिक जानकारी लिन बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सोमबार मात्रै बाराको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) माथि प्रहरीले आक्रमण गरेको थियो । गोली प्रहारको घटना नसेलाउँदै बारामा अर्को शव बरामद भएको छ ।

  • पछिल्लो समय बारामा आपराधिक घटनामा वृद्धि भएको छ ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily