Aadarsh-Daily

व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि पर्सामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै

ad-4p

सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि पर्सामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ।

content ad p2

कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने संख्या न्यून रहेको पर्सामा विगत केही समययता भने महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीका दर्तामा ३५ प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उनीहरूलाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख धनञ्जयकुमार सिंहले बताए।

“दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ, करिब ७० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको छ”, उनले भने। पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई मालिक बनाएर व्यापार दर्ता गराउने क्रम बढेकाे छ।

content left

घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलाे तीन महिनामा पर्सा जिल्लामा तीन सय एक नयाँ उद्योग दर्ता भएकाेमा एक सय २९ व्यवसायको मालिक महिला नै छन्।

चालु आव २०८०/८१ को पहिलाे तीन महिनामा सेवामूलक एक सय १९, कृषिमूलक ६१, उत्पादनमूलक ५०, निर्माणमूलक ४५ र पर्यटनसम्बन्धी २६ वटा नयाँ उद्योग दर्ता भएको कार्यालयकी सूचना अधिकारी सविता खड्काले बताइन्।

नयाँ उद्योग दर्ता, नवीकरण लगायतका शीर्षकबाट २१ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। विगतमा उद्योग मात्र दर्ता गर्दै आएको कार्यालयले चालु आवदेखि वाणिज्यतर्फका व्यावसायिक फार्मसमेत दर्ता सुरु गरेको सूचना अधिकारी खड्काले बताइन्।

यस्तै वाणिज्य दर्ता, नवीकरण लगायतबाट एक लाख ५३ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन भएको छ। महिलाको नाममा दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ र ब्युटिपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालनका छन्।

कार्यालयकाे तथ्यांकलेपनि पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउने क्रम बढेको पुष्टि गरेको छ। सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुरमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसाय दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुन सक्नेलगायत कारण पनि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेकाे प्रमुख सिंह बताउँछन्।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भने, “पुरुष प्रधान समाजमा महिलालाई मालिक बनाउने संस्कार पहिला थिएन, तर अहिले महिलालाई सुविधा दिन थालेपछि समाज रुपान्तरण हुन थालेको छ।” साभार:नागरिकबाट

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily