Aadarsh-Daily

अवैध रुपमा बालुवा उत्खनन् गरी निकासी गर्ने एउटा ट्याक्टर गा .पा अध्यक्ष यशवन्त यादवको नियन्त्रणमा

ad-4p

पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गरी चोरी निकासी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।

content ad p2
content left

सखुवा प्रसौनी गाउँ पालिका अन्तर्गत पर्ने जमुनिया खोलाबाट अबैध रुपमा गिट्टी–बालुवा उत्खनन् भइरहेको गुनासो आएपछि अनुगमनमा निस्किएका अध्यक्ष यादवले खोलाबाटै एउटा ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।

अध्यक्ष यादव अनुगमनमा पुग्दा खोलाबाट अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा भेटिएको ट्याक्टर उनले नियन्त्रणमा लिएर प्रहरी चौकी रंगपुरलाई बुझाएका छन् ।

अध्यक्ष यादवले नियन्त्रणमा लिएको उक्त ट्याक्टर अहिले प्रहरी चौकीमै राखिएको छ । बालुवा सहितको उक्त ट्याक्टरलाई गाँउपालिका कार्यालयमा १० हजार रुपैयाँ जरिवाना तिराएर छोडिने गाँउपालिका अध्यक्ष यादवले जानकारी दिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily