Aadarsh-Daily

वीरगञ्जबाट  लागूऔषध खैरो हेरोइन र नाइट्रोभेटसहित भुलावन र सन्तोष  पक्राउ

ad-4p

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन र नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

प्रहरीले भारतको बिहार राज्य नकरादेहा बस्ने २७ वर्षीय भुलावन पटेल र बाराको कलैया उपमहानगरपालिका – ६ बस्ने ३१ वर्षीय सन्तोष महतोलाई खैरो हेरोइन र नाइट्रोभेट ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका – १६ इनरुवामा शङ्कास्पद रूपले हिँडिरहेका पटेल र महतोलाई प्रहरीले रोकी चेकजाँच गर्दा उनीहरूको साथबाट ४९.५२० मिलिग्राम खैरो हेरोइन र ९ सय ट्याब्लेट नाईट्रोभेट बरामद भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि लागूऔषधसम्बन्धि मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाइएको डिएसपी थापाले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily