Aadarsh-Daily

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली द्धारा रक्तदान सम्पन्न, तिन सय जनाले गरे रगत दान

ad-4p

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बृहत रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रम ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीको अध्यक्षता एवंम जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो

content ad p2
content left


अन्तराष्ट्रिय महिला हिसाँ अन्तय दिवसको अवसरमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा १२ महिलासहित तिन सय जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना बढाउनुको साथै रगत उपलब्धतालाई सहज बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले बताए । सो अवसरमा स्थानिय जनप्रतिनिधी, समाजसेवी, संचारकर्मी लगायत बिभिन्न संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily