Aadarsh-Daily

खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीद्धारा तिन वटा ट्र्याक्टर नियन्त्रणमा

ad-4p

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाअन्तर्गत पर्ने सिगयाही खोलाबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

सिगयाही खोलामा गिट्टी बालुवा उत्खनन गरी अवैध रूपमा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीका अनुसार प्रहरी चौकी मानवाको टोलीको सहयोगले सिगयाही खोलाबाट गिट्टी बालुवा ओसारपसार गर्न प्रयोग भइरहेको ना ४ त–६२४६, ना ६ त– ७३५५ र ना ५ त– ५०५२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिएको ट्र्याक्टरलाई प्रहरी चौकीले पर्सागढी नगरपालिकाको राजस्व शाखामा पठाएको इन्स्पेक्टर केशरीले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily