Aadarsh-Daily

झण्डै ८ किलो सुनसहित एक व्यपारीलाई पक्राउ

ad-4p

काठमाडौं,२०मंसिरः काठमाडौंको न्यूरोडस्थित एक सुन पसलमा प्रहरीले छापा मारेर झण्डै ८ किलो सुनसहित एक व्यपारीलाई पक्राउ गरेको छ ।

content ad p2

उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

content left

पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यहि सूचनाको आधारमा पुगेको प्रहरीले छापा मारेर सुन बरामद गरेको हो ।पाण्डेले उक्त सुन कहाँबाट ल्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।

यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।साभारः अनलाइनखबरबाट

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily