Aadarsh-Daily

अवैध रुपमा ल्याइएको ४ हजार २ सय भारतीय कुखुराको चल्ला प्रहरी द्धारा बरामद

ad-4p

वीरगञ्ज । वीरगञ्जको जगरनाथपुरबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय चल्ला ठूलो परिमाणमा बरामद गरेको छ ।

content ad p2
content left

भारतबाट अवैध रुपमा ल्याइएको ४ हजार २ सय वटा भारतीय कुखुराको चल्ला प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरबाट मंगलबार राति बरामद गरेको हो ।

भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा लोड गरि ल्याइएको ४२ कार्टुन चल्ला प्रहरीले बरामद गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । उनका अनुसार , प्रहरीको टोलली देख्नासाथ तस्करहरु चल्लासहितको मोटरसाइकल छाडेर भागेकाले तस्करहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेन ।

बरामद चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट सिर्सियाको जिम्मा लगाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily