

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । बतिसपुतलीस्थित अनुपमा फुडल्याण्डमा दिउँसो १ बजे बस्ने भनिएको बैठक आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा केन्द्रित हुनेछ ।
तर पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् । पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन् ।

