Aadarsh-Daily

इलामले वीरगञ्जसँगको हार सहन नसकेपछि…

ad-4p

वीरगञ्ज । नेपाल सुपर लिग एनएसएल फुटबलमा स्पोर्टिङ इलामका खेलाडीले रेफ्रीमाथि नै हातपात गरेका छन् । वीरगञ्ज २-१ ले पराजित भएको खेलमा रेफ्रीले खेल सकिएको सिठ्ठी फुके लगत्तै इलामका कप्तान तथा गोलकिपर विकेश कुथु रेफ्री कबिन व्यञ्जनकारसँग विवाद गर्दै अघि बढेका थिए ।

content ad p2
content left

९४ औं मिनेटमा वीरगञ्जलाई पेनाल्टी दिएदेखि नै विकेश रेफ्रीसँग असन्तुष्ट थिए । उनले वीरगञ्जका विलियम ओपोकुले पेनाल्टी हान्ने बेलामा पोष्ट नै खाली छाडेका थिए । तर पछि उनी पोष्टमा गए पनि ओपुकुले गोल गरेपछि वीरगञ्ज विजयी भएको थियो । खेल सकेपछि विकेशले विवाद गरेपछि व्यञ्जनकारले उनलाई दोस्रो पहेँलो कार्ड देखाए ।

त्यसपछि झनै आक्रामक बनेका विकेशले व्यञ्जनकारमाथि हातपात नै गरेका थिए । इलामका केही खेलाडी र अफिसियल रेफ्री र असिस्टेन्ट रेफ्रीमाथि आक्रामक बनेपछि मैदानमै पुगेर सुरक्षाकर्मीले छुट्टाएका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily