Aadarsh-Daily

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

ad-4p

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पछिल्लो समय लगातार तरलता खिचिरहेको छ ।

content ad p2
content left

बिहीबार १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट अहिले पनि ७० अर्ब तरलता खिचेको छ । बिहीबार थप २० अर्ब खिच्न लागेको हो ।

बुधबार मात्रै १० अर्बको निक्षेप संकलन उपकरणको म्याद सकिएको छ । मंसिर लागेपछि मात्रै निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप खिचिसकेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily