Aadarsh-Daily

सीताराम विवाहपञ्चमीको तेश्रो दिन आज धनुष यज्ञ मनाइँदै

ad-4p

जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज जनकपुरधाममा धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीतासँग विवाह भएको धार्मिक मान्यता अनुसार आज भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरुले पनि धनुष भाँचेर धनुषयज्ञ मनाइँन्छ ।रामायणमा वर्णन गरिए अनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए ।

content ad p2
content left

राजा जनकले धनुष उचाल्ने महाशक्तिशालीसँग मात्र छोरी सीताको विवाह गर्ने निधोका साथ धनुषयज्ञ आयोजना गरे । यसमा शक्तिशाली राजा र राजकुमारहरु सहभागी भएपनि कसैले धनुष हल्लाउन सकेनन् । अन्त्यमा, आयोध्याबाट घुम्न आएका दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर प्रत्यन्जा लगाउन थालेपछि तीन टुक्रा भएको थियो। धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन मंगलबार नगरदर्शन र दोश्रो दिन बुधबार फुलबारी लीला सम्पन्न भइसकेको छ । आज बिहीबार धनुषयज्ञ मनाइँदै छ । चौथो दिन भोली ( शुक्रबार) तिल्कोत्सव, पाँचौदिन शनिबार मटकोर रहेको छ । आइतबार मुख्य दिन विवाह महोत्सव रहेको छ भने सोमबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily