
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको एक बिधालयमा शैक्षिक अवस्था चुस्त दुरुस्त बनाउन शिक्षकहरुको सहभागीतामा विभिन्न समिति बनाइएको छ । बहुवरी टोलमा रहेको श्री शारदा माध्यमिक बिधालयमा शैक्षिक गतिविधि लाई प्रभावशाली बनाउनका लागि सोही बिधालयमा पढाउने शिक्षकहरूको समूह खडा गरि विभिन्न समिति बनाई कार्य विभाजन तथा जिम्मेवारी बाडफाड गरिएको प्रधानाध्यापक बिनोद मेहताले जानकारी गराए ।
कुनै जमानामा ८/१० गाउँका बालबालिका अध्यनरत नमुना बिधालय रहेको यस बिधालयको शैक्षिक अवस्था यता आएर खस्किदै गइरहेकोले सरुवा भएर आउनुभएका प्रधानाध्यापक मेहताले चौतर्फी सुधारका लागि नियमित प्रयास अनुरुप कार्य विभाजन तथा जिम्मेवारी बाडफाड गरिएको बुझिएको छ ।

प्रधानाध्यापक मेहताले भने ` काम गराउने जिम्मेवार व्यक्ति म भए पनि कार्य विभाजन पश्चात् त्यस कामको जिम्मेवारी सम्बन्धित व्यक्ति भएकोले बिधालय सुधारको हरेक बिषय तिर ध्यान दिदै सुधार गर्न सक्ने बताउनु भयो ।´सोही बिधालयमा बसेको स्टाफ बैठक बाट कार्य गर्ने र जिम्मेवारी लिन इच्छुक शिक्षक शिक्षिका संयोजक सदस्य रहने गरि ११ समितिहरु बनाइएको छ ।


आजको प्रधानाध्यापक
सबै शिक्षकलाई जिम्मेवार र जवाफदेही बनाउने अवधारणा सहित बिधालयमा अब हरेक दिन नयाँ प्रधानाध्यापक बनाउने निर्णय गरिएको छ । बैठकबाट भएको निर्णय अनुसार अबको हरेक दिन `आजको प्रधानाध्यापक´ भनेर विभिन्न शिक्षकहरुलाई जिम्मेवारी दिइने बताइएको छ ।


