Aadarsh-Daily

राजश्व अनुसन्धान कार्यलय द्धारा आरके एण्ड सन्स ज्वेर्लसमा छापामारी

ad-4p

वीरगन्ज । राजश्व अनुसन्धान कार्यलय पथलैयाको टोलीले माईस्थानमा रहेको आरके एण्ड सन्स ज्वेर्लसमा छापामारी गरेको समाचार प्राप्त भएको छ ।

content ad p2
content left

टोलीले पसल भित्र रहेका खरिद बिक्री रजिस्टर कम्पुर्टर हार्ड डिस्क लगेका छन । आज दिउसो सशस्त्र प्रहरीसहित ४ जनाको अधिकृत टोलीले करीव ३ घण्टासम्म पसलमा रहि सुन खरिदको स्रोतबारे पुछताछ गरेको स्रोतले बताएका छन ।

माईस्थानमा हाल सो पसलमा दैनिक लाखौको गहनाहरु बिक्रि हुने गरेको बुझिएको छ । यस बिषयमा वीरगज सुन चा”दी व्यवसाीक संघका अध्यक्ष रामप्रवेश सरार्फसंग बुझदा राज्यको नियमीत काम भित्र पर्ने भएको सोधपुछ समान्य कुरा भएको बताए । टोलीले पसलभित्र आएर सोधपुछसहित केही आवश्यक कागजात लगेको पुष्टि गरेका थिए ।

यस बिषयमा राज्श्व कार्यलय पथलैयाका प्रमुख प्रेमप्रसाद देवकोटासंग बुझदा एक जना प्रहरी अधिकृतसहित ४ जना अधिकृतको टोलीले वीरगजमा रहेको आरके एण्ड सन्स ज्वेर्लस उजुरीको अधारमा गएको बताए । टोली अहिले वीरगजमा रहेको केके ल्याएका छन,अहिले आफुलाई थाहा नभएको बताए । तर आफुले बुझेका अनुसार खरिद बिक्रि रजिस्टर र सुन चादी खरिदका स्रोत भुक्तानी दिने प्रक्रिया केहो भन्ने बारेमा सोधपुछ गर्नुका साथै आवश्यक पर्ने कागजात लिएर फर्केकेको प्रमुख देवकोटाले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily