Aadarsh-Daily

पर्सागढी मन्दिरमा २१० औँ विजय महोत्सव मनाइने।

ad-4p

विक्रम सम्बत् १८७१ पौष १९ गते स्थानीय रंजित चौधरीको कुशल युद्ध निति तथा स्थानीयवासीहरुको सकृयतामा आधुनिक हतियार बोकेका ब्रिटिश भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झानामा विजय महोत्सवको आयोजना गरीने व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

content ad p2

पर्सागढी नगरपालिकाको पनि आर्थिक सहयोग , नेपाली सेनाको सहभागीता तथा स्थानीयवासीहरुको सहभागीतामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले २१० औँ विजय महोत्सव आयोजना गर्न लागेको हो ।

नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै पर्सागढी विजय महोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा पुरुष १९ गते विहान १० बजे भेला भई विभिन्न झाँकी एव् नेपाली सेनाको टोलिका साथ बाजागाजा सहित हर्षोल्लासका साथ पदयात्रा गर्दै पर्सागढी मन्दिर परिसरमा पुगी विजय महोत्सव कार्यक्रममा परिणत हुने पर्सागढी नगरपालिकाका प्रमुख गाकर्ण पाठकले बताए ।

पर्सागढी र पर्सागढी मन्दिर पर्साको एक मात्र ऐतिहासिक युद्ध स्थल रहेको भएपनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मन्दिरको दुवै तर्फ नदि तथा खोला सबै भन्दा ठुलो बाधक रहेको र मन्दिर लगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकार लगायत उधोगी व्यवसायीको पनि ध्यान पुग्न आवश्यक रहेको बताए ।

content left

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पर्सागढी क्षेत्रको विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताए । उनले पर्सागढी क्षेत्रको जमिन व्यक्तिको नाममा अवस्थाले नै काम गर्न समस्या हुने बताए ।

उनले भने , ‘पूर्वाधार विकासका लागि जग्गा चाहिन्छ, पर्सागढीमा जग्गाको समस्या छ, मन्दिर क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता छ । पर्यटन पूर्वाधार विकासका लागि जमिन कहाँ खोज्न जाने ? पर्सा जिल्लामा एक मात्र गढी छ । यसको आफ्नै किसिमको महत्व र परिचय छ । पालिकाको साधन र स्रोतले भ्याएसम्म काम गर्न तयार छौं । जग्गा के कति छ ? कुन अवस्थामा छ ? यो क्लियर हुनुपर्छ ।’

त्यस्तै समितिका अध्यक्ष चौधरी भन्छन् , पर्सागढीको त्यो बेलाका युद्धका विषयमा लेखीएका लेख , दस्तावेजहरुमा लेखकले युद्ध सफल बनाउन मुखय भुमिका खेलेका रञ्जित चौधरीको नाम नै समावेश नगरीएको देख्दा पालिकावासीकै मन खिन्न भएको दुखेसो पोखे। लेख रचना वा दस्तावेजीकरण गर्नुपुर्व अध्ययन अनुसन्धान गर्न उनले आग्रह पनि गरे ।

हाल स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । पर्सागढी नगरपालिकाले धर्मशाला निर्माण गरिदिएको छ । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ । गढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ ।

पर्सागढ्रीको गौरवगाथालाई उजागर गर्दै उक्त क्षेत्रलाई पर्यटकीय आकर्षणको रुपमा विकासका लागि आ आफ्नो स्थानबाट पहल गरीदिन मंगलबार पत्रकार सम्मेलन मार्फत आग्रह गरीएको हो ।

मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक , मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एव् पुर्व गाविस अध्यक्ष वृजमोहन चौधरी , स्थानीयवासी तथा विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily