Aadarsh-Daily

रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगयो

ad-4p

वीरगञ्ज । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ ।

content ad p2
content left

परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो पटक थप तीन नेपाली युवाले ज्यान गुमाएका छन् । स्याङ्जाका हरिप्रसाद अर्याल (राहदानी नं. १२२९९८९१), कैलालीका भरबहादुर शाह राहदानी नं. ११०२७१७५) र धादिङका राजकुमार गिरी (राहदानी नं. ०७५७३७३८) को मृत्यु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जनाएका छन् ।

यसअघि गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा-१ का रुपक कार्की, कास्कीको पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार-५ का पितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोका, इलामको इलाम-५ का गङ्गाराज मोक्तान र कञ्चनपुरका कुन्दन सिंह नागालको मृत्यु भएको थियो ।

त्यस्तै, रुसी सेनामा भर्ती भएका चार जना नेपाली बन्दी बनेका छन् । बर्दियाको राजपुर-१ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउपुर-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई र रोल्पाको रुन्टिगढी-८ का प्रतीक पुन युक्रेनमा बन्दी अवस्थामा छन् । युद्धका क्रममा उनीहरूलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily