Aadarsh-Daily

 बारा सशस्त्र प्रहरीले १० लाख रुपैयाँ बराबरको मदिरा र कार बरामद

ad-4p

 बारा । निजी कारमा भारत तस्करी गर्न लागिएको नेपाली मदिरा बाराको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।

content ad p2
content left

बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ स्थित मुसहर्वा सीमानाकाबाट बिहीबार बिहान सशस्त्र प्रहरीले १० लाख रुपैयाँ बराबरको मदिरा र कार बरामद गरेको हो ।

बरैनियास्थित सशस्त्र प्रहरी बोर्डआउट पोष्टको टोलीले नेपालबाट तस्करी गरेर भारतर्तफ लैजार्दै गरेको कस्तुरी ब्राण्डको मदिरा १८ कार्टुन बरामद गरेको हो ।सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा खटिएको टोलीले मुसहर्वा सीमानाकाबाट युपी ८ बिजे ६०७० नमबरको कार रोकेर खानतलाशी गर्दा उक्त कारबाट मदिरा बरामद भएको हो ।

कारका चालक भने फरार भएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए । बरामद मदिरासहितको कारको १० लाख १८ हजार रुपैयाँ मुल्यांकन गरी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily