Aadarsh-Daily

नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टी-ट्वान्टी क्रिकेट कपअन्तर्गत उद्घाटन खेलमा आयोजक टिम विजयी।

ad-4p

वीरगञ्ज । तेस्रो नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टी-ट्वान्टी क्रिकेट कपअन्तर्गत उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ ।

content ad p2

वीरगञ्जस्थित नारायणी रङ्गशालामा शुक्रबार भएको उद्घाटन खेलमा ग्लोबल बिजनेस कलेजलाई २३ रनले हराउँदै नेशनल इन्फोटेक कलेज विजयी भएको हो

टस जितेर ब्याटिङ रोजेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३६ रन जोडेको थियो ।

content left

नेशनल इन्फोटेकका लागि नितेश चौधरीले २६ बल खेलेर १ छक्का र ३ चौकाको सहयोगमा ३२ रन जोडे भने संदेश गुप्ताले ३३ बल खेलेर १ छक्का र २ चौकाको सहयोगमा ३० रन जोडे ।

जवाफी ब्याटिङमा उत्रेको ग्लोबल बिजनेस कलेजले भने निर्धारित २० ओभर खेलेर पनि नेशनल इन्फोटेकले दिएको लक्ष्य भेटाउन सकेन । उसले २० ओभरमा ९ विकेट गुमाउँदै केवल १२३ रन जोड्न सक्यो ।

ग्लोबलका लागि सोनु पटेलले ३७ बल खेलेर ५ चौकाको सहयोगमा ४० र ऋतिक पटेलले ३६ बल खेलेर ४ चौकाको सहयोगमा २८ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् ।

खेलमा ३ ओभर खेलाएर २३ रन खर्चिंदै ४ विकेट लिने सलमान मन्सुरी प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुने छन् । पहिलो खेल वीरगञ्ज पब्लिक कलेज र वीरगञ्ज कलेज प्रालि बिच हुने छ भने दोस्रो खेल वीरगञ्ज सेन्ट्रल कलेज र सेन्ट जेभियर्स बिच हुने छ ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily