Aadarsh-Daily

वीरगन्जमा रास्वपाकाे प्रथम महानगर भेलामा नेताहरुबिच विवाद भएपछि स्थगित

ad-4p

वीरगन्ज,२८पुष:नेताहरुबिचकाे विवादका कारण वीरगन्जमा शनिबार हुने भनिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महानगर भेला स्थगित गरिएको छ।

content ad p2
content left

शनिबार वीरगन्जको होटेल क्लासिक ब्यांक्वेटमा राखिएको रास्वपाको प्रथम वीरगन्ज महानगर भेला सूचना टाँस गरेर स्थगित गरिएको हो।

भेला स्थलमा सूचना टाँस गरेर शनिबार बिहान ११ बजेको लागि राखिएको भेला स्थगित गरिएको हो। उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो।

भेलाको सम्पूर्ण तयारी गरिएको भए पनि महानगरकाे नेतृत्व चयनका लागि केहि नेताले चलखेल गरेकाे र त्यहि विषयमा शुक्रबार बेलूकी विवाद भएपछि भेला स्थगित गरिएको रास्वपाका  क्षेत्रीय सभापति शेखर अग्रवालले जानकारी दिए।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily