Aadarsh-Daily

नेपालमा भारतका प्रधानमन्त्री मोदी भ्रमणमा आउँदै

ad-4p

वीरगञ्ज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा गोप्य तयारी हुँदैछ । यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म मोदी नेपाल भ्रमणमा आउने गरी तयारी भइरहेको स्रोतले जनाएको छ ।

content ad p2
content left

नेपाल र भारतका प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयको नेतृत्व र सुरक्षा अङ्गको उच्च तहमा मोदीको भ्रमण तयारीका विषयमा छलफल भइरहेको छ । स्रोतका अनुसार यो साता भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको छ ।

यसअघि भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । प्रचण्ड र मोदी बीच गत १ जुनमा हैदराबाद हाउस दिल्लीमा भेटवार्ता हुँदा प्रचण्डले निमन्त्रणा दिएका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily