Aadarsh-Daily

दुई मुख्य राजस्व कार्यालयका प्रमुख परिवर्तन, बजेट महाशाखा प्रमुख पनि फेर्ने तयारी

ad-4p

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई प्रमुख राजस्व कार्यालयहरु आन्तरिक राजस्व विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखहरु परिवर्तन गरेका छन् । 

content ad p2

मन्त्री महतले शुक्रवार केही सहसचिवको सरुवा गर्दै आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराललाई पठाएका छन् । त्यस्तै त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखमा सेवन्तक पोखरेलको सरुवा भएको छ ।

content left

आन्तरिक राजस्वका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख बनाइएको छ । त्रिभुवन ‍विमानस्थल भन्सारका प्रमुख डा. टोकराज पाण्डेलाई मन्त्रालयमा लगी प्रशासन महाशाखा प्रमुख बनाइएको छ । पाण्डे गत साउनमा मात्रै सो कार्यालयमा गएका थिए ।

आन्तरिक राजस्वको महानिर्देशक बनेका बराल अधिकृत र उपसचिव हुँदा राजस्वमा काम नगरे पनि सहसचिव भएपछि भने राजस्वसम्बन्धी विभिन्न जिम्मेवारीमा बसेर काम गरेका थिए । उनले अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख भएर काम गरिसकेका छन् भने त्यसअघि राजस्व अनुसन्धान विभागको प्रमुख भएर पनि काम गरेका थिए । त्यसअघि ३ नम्बर राजस्व कार्यालयको प्रमुख भएर पनि उनले काम गरेका थिए ।

अहिले भने उनले मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुखका रुपमा काम गरिरहेका थिए  ।

राजस्व प्रशासनमा बसेर लामो समय काम गरेका मैनाली आन्तरिक राजस्व विभाग जानुअघि पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख थिए । कार्यालयमा गएको चार महिनामै उनलाई गत वर्ष १५ मंसिरमा आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको थियो । उनले त्यहाँ १४ महिना काम गरे । 

मैनालीले राजस्व अनुसन्धान विभागको महानिर्देशक तथा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवका रुपमा पनि काम गरेका छन् । उपसचिव हुँदा पनि मैनाली आन्तरिक राजस्व विभागमा बसेर काम गरेका थिए । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख बनेका पोखरेल राजस्वकै क्याडर हुन् । उनी भन्सार विभागको उपमहानिर्देशकका रुपमा काम गरिरहेका थिए । उपसचिव हुँदा उनले अर्थ मन्त्रालयको राजस्व महाशाखामा बसेर पनि लामो समय काम गरेका थिए ।

यसका अतिरिक्त भन्सार विभागको उपमहानिर्देशकमा राजु पाण्डेलाई पठाइएको छ । उनी आन्तरिक राजस्व विभागको महानिर्देशक थिए ।

त्यस्तै मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका महेश आचार्यलाई नीति विश्लेषण महाशाखाको प्रमुखमा सरुवा गरिएको छ । सहसचिव बाबुराम सुवेदी सेवा निवृत्त भएपछि सो महाशाखा प्रमुखबिहीन थियो । 

भुपाल बरालको सरुवा भएपछि रिक्त भएको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुखमा नारायण रिसाललाई सरुवा गरिएको छ ।

बजेट महाशाखामा को आउला?

अर्थमन्त्री महतले बजेट महाशाखा प्रमुख पनि फेर्ने तयारी गरेका छन् । अहिले सहसचिव उत्तरकुमार खत्रीले महाशाखाको नेतृत्व गरिरहेका छन् । खत्रीले त्यहाँबाट सरुवा चाहिरहेको र मन्त्री महतले पनि उनको ठाउँमा अरु कसैलाई ल्याउन चाहेको मन्त्रालय स्रोतले जनायो । 

मन्त्रालय स्रोतका अनुसार बजेट महाशाखाको प्रमुखमा महेश बराल र राजेश्वर ज्ञवालीमध्ये एक आउन सक्नेछन् । बरालले कर सुधारसम्बन्धी उच्चस्तरीय समितिमा बसेर काम गरिरहेका छन् । ज्ञवाली हाल महालेखा नियन्त्रकको कार्यालयमा छन् ।

महत मन्त्री भएलगत्तै उनले सहसचिवहरु उत्तर खत्री, भुपाल बराल, बाबुराम सुवेदीलगायतलाई मन्त्रालयमा ल्याएर विभिन्न जिम्मेवारी प्रदान गरेका थिए ।

चालू आर्थिक वर्षको बजेट निर्माणमा यही टिमले नेतृत्व गरेको थियो । 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily