Aadarsh-Daily

बारामा ६१ हजार नेपाली नक्कली रुपैयाँसहित एक जना पक्राउ

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । बारा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर –७ बाट एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

content ad p2
content left

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा ६१ हजार नेपाली नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । पक्राउ परेको व्यक्तिमाथि अनुसन्धान भइरहेकोले उनको नाम अहिले सार्वजनिक भने गरिएको छैन् ।

तर प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने सर्लाही निवासी हुन् । नेपाली नक्कली नोटसहित पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बारामा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily