Aadarsh-Daily

पर्साको ठोरी गाउँपालिकामा तीन दिन बिदा

ad-4p

पर्सा । रामनिवास पटेल । पर्साको ठोरी गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसर पारेर गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिएको छ ।

content ad p2
content left

सोनाम ल्होछारलाई भव्य रुपमा मनाउन पालिका मातहतका कार्यालय र शिक्षण संघसंस्थाहरुमा माघ २६ गते शुक्रबारदेखि र २८ गते आइतबारसम्म सार्वजनिक बिदा दिएको हो । गाउँपालिका कार्यालयले आज एक सुचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

गत वर्ष पनि पालिकाले सोनाम ल्होछारको अवसर पारेर ३ दिन पालिकाभित्र सार्वजनिक विदा दिएको थियो । यसवर्ष शनिबार सोनाम ल्होछार परेको हुनाले शुक्रवार र आइतवार समेत विदा दिइएको ठोरी गाउँपालिकाले जनाएको छ ।

ठोरी गाउँपालिका तामाङ समुदायको उल्लेख्य बसोबास भएको क्षेत्र भएकोले सो समुदायको नयाँ वर्ष हर्षोल्लास सहित मनाउनका लागि यस अघिका वर्षहरुमा पनि ३ दिन बिदा दिने गरिएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily