Aadarsh-Daily

पूर्व अनुसन्धान अधिकृतको टिपरकाे ठक्करबाट मृत्यु

ad-4p

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका १६ मा बुधवार बेलुकी टिप्परको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ ।

content ad p2
content left

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका – ५ घुसुकपुर निवासी पूर्व अनुसन्धान अधिकृत ६० वर्षीय विष्णु थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पिलुवाबाट कलैया तर्फ आउँदै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाइकलमा सवार थापालाई विपरीत दिशाबाट जाँदै गरेको ना ८ ख २१९५ नम्बरको टिपरले उक्तरझिटकैया गाउँ नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई स्थानीयको सहयोगमा अस्पताल पुर्‍याएको थियो । उपचारको क्रममा बुधवार राती नै घाइते थापाको कलैया स्थित राजलक्ष्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेको र त्यसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily