Aadarsh-Daily

नागरिकता छानविन गर्न गृहले टोली पठायो

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहका विरुद्ध परेको उजुरी माथि छानविन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली वीरगञ्ज पठाएको छ ।

content ad p2
content left

गृहमन्त्रालयका उपसचिव पुष्कर राणाको संयोजकत्वमा गठित दुइ सदस्यीय टोली छानविन टोलीमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहनु भएको छ ।नागरिकता प्रकरणमा अनुसन्धानका लागि गृह मन्त्रालयले राणाको नेतृत्वमा गठन गरेको २ सदस्यीय छानविन समिति आजैदेखि सम्बन्धित ठाउँका लागि रवाना भएको स्रोतको दाबी छ ।

यसैबीच नागरिकताको छानविनको माग गर्दै आज दोस्रो दिन पनि सचेत नागरिक समाज पर्साको नाउँमा जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएको छ ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily