Aadarsh-Daily

१५ हजार घुस लिएको आरोपमा कलैया मालपोतका खरिदार दोषी ठहर

ad-4p

बारा । भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार साहलाई दोषी ठहर गरेको हो ।

content ad p2
content left

अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको अभियोग थियो ।

उनले मागेको पैसा बुझिदिने गौरीशंकर कुमार साहलाई मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily