Aadarsh-Daily

राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

ad-4p

राजविराज । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए।

content ad p2

१५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए। बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्व पोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए। हनुमाननगर कंकालिनी नगरपालिका–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधा कुमारी मण्डलले हातखुट्टा समातेपछि देबेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेर बलात्कार गरेको पीडितका बुवाले बताएका थिए।

जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयमा साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा भदौ १० गते अभियोग पत्र दायर भएको थियो। जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए। फैसला हुन बाँकी थियो।पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको परिवारलाई घटना थाहा पाएलगत्तै कारागारले जानकारी दिएको र उनका परिवारका सदस्यहरु आएपछि शवको मुचुल्का गरिने निमित्त कारागार प्रशासक सदानन्द दासले बताए।

content left

कारागारमा चैतयता ६ जनाको मृत्यु

कारागारमा चैतयता ६ जनाको मृत्यु भएको छ। यसअघि राजविराज कारागारका कैदी कञ्चनरुप नगरपालिका–३ का ३५ वर्षीय गोरिया भनिने वीरेन्द्र कुमार मलाहाको माघ १० गते उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो। सप्तरी जिल्ला अदालतको फैसला बमोजिम मलाहा ज्यान मार्ने उद्योग र डाँका कसुरमा २०७७ पुस २७ गतेदेखि कारागारमा कैदी रहेका थिए।

त्यस्तै लागु औषध मुद्दामा सजाय काटिरहेका सप्तरीको तिरहुत गाउँपालिका–५ का २४ वर्षीय सिन्दु भनिने सिन्धु सदाको पनि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा चैत २८ गते मृत्यु भएको थियो।बलान विहुल गाउँपालिका–३ मौवाहाका ६९ वर्षीय लक्ष्मण साह तेली भनिने धनिलाल साहको वैशाख ५ गते मृत्यु भएको थियो। कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका साहलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

मानव बेचबिखन ओसारपसार मुद्दामा कैद सजाय काटिरहेका महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको वैशाख ७ गते राति मृत्यु भएको थियो। राजविराजस्थित अस्पतालबाट रेफर भई कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा यादवको मृत्यु भएको थियो। मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट पाँच वर्ष कैद सजाय तोकेपछि फरार रहेका मिथलेशलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले चैत ११ गते घरबाटै पक्राउ गरेको थियो।

कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको समेत मङ्सिर ५ गते मृत्यु भएको थियो।राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको आरोपमा कैदमा रहेका मण्डलको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालले जनाएको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily