Aadarsh-Daily

मोतिहारी–अम्लेखगञ्ज पाइपलाइन : १४ महिनामा ६० प्रतिशत काम, डेढ महिनामा बाँकी काम सक्न निर्देशन

ad-4p

बारा । नेपाल आयल निगमले मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाईको दोस्रो चरणको काम डेढ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । तोकिएको समय सीमा भित्र काम सम्पन्न नहुने देखेपछि  नेपाल आयल निगम र भारतीय आयल निगमका प्रतिनिधिहरूले अम्लेखगञ्ज डिपाको संयुक्त रूपमा स्थलगत अनुगमन गरेर ठेकेदार कम्पनीलाई निर्देशन  दिएका हुन् । पाइपलाईको दोस्रो चरणको काम यही मार्चभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजना सुरु भएको १४ महिनामा ६० प्रतिशत मात्रै काम सम्पन्न  भएको छ, बाँकी ४० प्रतिशत काम आगामी मार्चभित्र सम्पन्न गर्न भने सजिलो छैन ।

content ad p2

आयल निगम अम्लेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले रातदिन नभनीकन तोकिएको समयभित्र काम सम्पन्न गर्न भारतीय आयल निगम र नेपाल आयल निगमको केन्द्रीय टोलीले ठेकदार कम्पनीलाई निर्देशन दिएको बताए । ‘तपाईँहरूलाई कुनै समस्या छ भने भन्नुस्, तर जनशक्ति थप गरेर हुन्छ या दिन रात २४ सै घण्टा काम गरेर हुन्छ जसरी भएपनि तोकिएको समयभित्र काम सम्पन्न गरेर दिनुपर्यो भन्ने आइओसी र एनओसीको दुवै पक्षको भनाई छ’ उपाध्यायले भने ‘अहिले ठेकदारले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्दै आएका छन्, अव यही गतिमा काम गर्दा मार्च अन्तिमसम्म सक्न गाह्रो छ’

अनुगमनको क्रममा भारतीय आयल निगमका कन्ट्री मेनेजर निरुपम रायजादा, आईओसीका प्रोजेक्ट मेनेजर धर्बेन्द्र कुमार सिंह, नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक दीपक बराल लगायतको टोली रहेको थियो ।

content left

nn1

पाइप लाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने निगमले जनाएको छ । जसमध्ये  ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी रहेको छ ।

भारतीय आयल निगमले पाइपलाईको दोस्रो चरणको आइओसीले गर्नुपर्ने सम्पूर्ण काम  टेन्डर प्रकियाबाट लिखिता इन्फ्रास्ट्रक्चर कम्पनीलाई दिएको छ । हाल अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की, २ वटा फायर वाटर ट्याङ्की निमार्णको काम भइरहेको छ  ।

नेपाल आयल निगमको तर्फबाट ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण गर्दै छ जसमा एउटा पेट्रोल र अर्कोमा डिजेल भण्डारण गरिनेछ ।त्यस्तैगरी आईओसीले ४१–४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ  । साथै अहिले अम्लेखगञ्ज डिपोभित्र आन्तरिक पाइप बिछ्याउने काम धमाधम भइरहेको छ ।

nn2

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ ।  दोस्रो चरणको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो । तोकिएको समयभित्र काम सम्पन्न भए अगामी मार्च भित्र पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात हुने निगमले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily