Aadarsh-Daily

नेपालले भुटानलाई ८ विकेटले हरायो

ad-4p

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाललाई भुटानलाई ८ विकेटले पराजित गरेको छ।

content ad p2

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो। ६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा गर्‍यो।

content left

नेपालका लागि सिता रानामगरले सर्वाधिक ३२ रन बनाएर नटआउट रहिन् भने रुबिना क्षत्री बेलबासे १७ रनमा अविजित रहिन्। ओपनर कविता कुँवर पाँच रन बनाएर आउट हुँदा कप्तान इन्दू बर्मा एक रन बनाउँदै पेभिलियन फर्किइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले पूरै २० ओभरमा ४ विकेट गुमाएर ६५ रन जोड्न सकेको हो।  उसका लागि नग्वाङ छोडेनले २५, छिरिङ जाङ्मोले १६ तथा डेचेन वाङ्मोले १७ रन जोडे।

नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले एक–एक विकेट लिए।

नेपालले पहिलो खेलमा हिजो हङकङलाई पराजित गरेको थियो। नेपाल रहेको समूह डी मा हङकङ, माल्दिभ्स र भुटान छन्।  नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily