Aadarsh-Daily

सखुवाप्रसौनी गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

ad-4p

वीरगन्ज,२७माघ:पर्साकाे सखुवाप्रसौनी गाउँपालिकामा शनिबारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यको लागि खेल’ भन्ने नाराका साथ श्री दिपनरायण आदर्श नमुना माध्यमिक बिधालयको खेल मैदानमा प्रतियोगीता सुरु प्रतियोगिताको उद्घाटन गाँउपालिका अध्यक्ष यशवन्त यादवले गरे ।

content ad p2
content left

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष यादवले खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडीहरु देशको गहना भएको बताए ।खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने र विद्यार्थीहरुलाई खेलतर्फ प्रेरित गर्ने उनको भनाई थियाे। आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उनले खेल क्षेत्रमा पनि भविष्य उज्जवल भएको बताए ।

प्रतियोगितामा गाउँपालिका अन्तर्गतका २९ वटा सामुदायिक विद्यालयहरुमध्ये सात वटा विद्यालयले सहभागिता जनाएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेपालेन्दु साहले जानकारी दिए ।

सखुवाप्रसौनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा सुरु भएको विद्यालय स्तरीय खेलकुद प्रतियोगिताकाे उद्घाटन समाराेहमा गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट,प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार,वडाध्यक्षहरु वासुदेव महतो थारु, चिरञ्जीवी महतो थारु,मोजामिल अन्सारी, मोहम्मद आरिफ,लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily