Aadarsh-Daily

गृहमन्त्रालयको स्पष्टोक्ति भोली सार्वजनिक विदा नरहने

ad-4p

वीरगञ्ज । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।

content ad p2

सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको गृह मन्त्रालयले सोमबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

content left

‘‘ २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily