Aadarsh-Daily

१ करोड ३९ लाख भन्दा बढीको सामानसहित २ ट्रक वीरगञ्जबाट नियन्त्रणमा

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड ३९ लाख भन्दा बढीको भन्सार छलीका सामग्रीसहित २ वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

content ad p2

औषधी तथा खुद्रा सामान बोकेर वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ८५६५ नम्बरको मालवाहक ट्रकबाट प्रहरीले ७० लाख ४३ हजार ७०५ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको हो । बिलविजक शंकास्पद देखिएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकस्थित सडकखण्डबाट ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

content left

प्रहरी नायब उपरीक्षक थापाका अनुसार आजै वीरगञ्जबाट अर्काे मालवाहक ट्रक पनि नियन्त्रणमा लिइएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकमा चेकजाँचको क्रममा प्रदेश १–०१–००१ ख ३९१५ नम्बरको ट्रक नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।

वीरगञ्जबाट झापातिर जाँदै गरेको उक्त ट्रकबाट ६९ लाख १५ हजार १६९ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधी नियन्त्रणमा लिइएको हो ।

नियन्त्रीत दुवै मालवाहक ट्रकलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता थापाले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily