Aadarsh-Daily

साताको अन्तिम कारोबारको दिन बढ्यो सुनचाँदीको मूल्य

ad-4p

वीरगञ्ज । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

content ad p2
content left

शुक्रवार (आज) छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा बजारमा खरिद बिक्री भएको छ । अघिल्लो दिन छापावाला सुन मूल्यमा प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको भने अघिल्लो दिन प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily