
बारा । बारामा अज्ञात सवारीसाधनले ठक्कर दिएका घाइतेको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र गाँउलेले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।

अज्ञात सवारीसाधनले ठक्कर दिएर सख्त घाइते भएका महागढीमाई नगरपालिका वडा नम्बर २ का हरेन्द्र मिश्राको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त र गाँउलेले हुलाकी राजमार्गअन्तर्गत इनर्वा चोकमा शव राखेर प्रदर्शन गरेका हुन् ।
ठक्कर दिएर फरार रहेको सवारीसाधनको पहिचान हुनुपर्ने, मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही हुनुपर्नेजस्ता माग आफन्तले राखेका छन् । सरस्वती पूजाका दिन बुधबार पूजाका लागि साइकलमा कलैया जाँदै गरेका मिश्रालाई बरियापुरको चेकपोष्ट नजिकै अज्ञात गाडीले ठक्कर दिएको थियो ।

