Aadarsh-Daily

४० लाख ठगीमा पक्राउ परेका व्यक्तिले छुटेपछि एक करोड ठगे

ad-4p

वीरगन्ज । वैदेशिक रोजगारीको लागि अमेरिका र क्यानडा जाने व्यकि्तका लागि बैंक खातामा रकम देखाइदिएबापत आकषर्क ब्याज दिने भन्दै विभिन्न व्यक्तिसँग रकम लिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नरबहादुर दाहाल रहेका प्रहरीले जनाएको छ। दाहालले गएको पुस ४ गते सुरज कुमार लुङगेली मगर समेतको खातामा ४० लाख रुपैयाँ जम्मा गर्न लगाई सो रकम बिभिन्न बैंक खाताहरुमा ट्रान्सफर गरी लिएर फरार भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। उनलाई माघ २६ गते प्रहरीले पक्राउ गरेको हो।

content ad p2
content left

दाहालले आफूलाई विभिन्न छद्मभेषधारी नामबाट परिचित गराउने गरेको पाइएको छ। प्रहरीका अनुसार ठगीमा विभिन्न ५ जना व्यक्तिहरूको संलग्नता भएको खुल्न आएको छ। उनीहरुले अष्ट्रेलिया तथा क्यानडा जस्ता देशमा जानको लागि बैंक ब्यालेन्स देखाउने प्रयोजनार्थ एक दिनको लागि खातामा पैसा जम्मा गरिदिए वापत आकर्षक ब्याज दिने भनि प्रलोभनमा पार्ने गरेका थिए। विदेश जाने व्यक्ति तयार गर्न कोही कसैलाई केही पैसाको प्रलोभनमा पारी पासपोर्ट समेत बनाई क्लाईन्ट तयार गर्ने र पासपोर्ट देखेपछी विश्वासमा परी एक दिनको लागि आकर्षक ब्याजको प्रलोभनमा पैसा बैंकमा जम्मा गर्न पीडितहरू तयार हुने गरेको पाईएको छ।

दाहालसहित ५ जना सोही प्रकृतिको कसुर (४० लाख ठगी) गरेकोमा कात्तिक ३ गते मुद्दा चलेरसमेत छुटेका व्यक्ति हुन्। छुटि गए पश्चात पुनः पुस ४ गते दोस्रो ब्यक्तिबाट ४० लाख ठगी गर्न सफल भएको प्रहरीले जनाएको छ। नरबहादुर दाहालले अर्को एक जना व्यक्तिसँग ६० लाख ठग्ने योजना बनि पैसा खातामा जम्मा गर्न लागेको अवस्थामा पक्राउ परेका थिए। उनीविरुद्ध ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भइ काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily