Aadarsh-Daily

गाउँपालिकास्तरीय टी– २० क्रिकेट प्रतियोगितामा सखुवा प्रसौनीको विजयी सुरुवात

ad-4p

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा शुक्रबारदेखि गाउँपालिकास्तरीय टी– २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । सखुवा प्रसौनी गाउँपालिकाको सहयोगमा युवा समाज सखुवा प्रसौनी क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा सखुवा प्रसौनी गाँउपालिका विजयी भएको छ । श्रीपुर पचगावास्थित खेलमैदानमा भएको उद्घाटन खेलमा जगरनाथपुर गाँउपालिकालाई ५ विकेटले हराउँदै सखुवाप्रसौनी विजयी भएको हो ।

content ad p2
content left

११७ रनको लक्ष्य सखुवा प्रसौनीले ५ विकेटको क्षतिमा पुरा गरेको हो । यसअघि पहिले व्याटिंग गरेको जगरनाथपुरले निर्धारित ओभरमा ४ विकेट गुमाएर ११६ रन बनाएको थियो ।उद्घाटन खेलको म्यान अफ दी म्याच सखुवाप्रसौनीका जावेद अन्सारी घोषित भए।

प्रतियोगितामा शनिबारको खेल परवानीपुर गाउँपालिका र कालिकामाई गाउँपालिकाबीच हुनेछ । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै ससुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले युवाहरुलाई खेलकुदकासाथै रोजगारीको पनि आवश्यकता रहेको बताए । प्रदेश सरकारले प्रदेशमा खेलाडीहरु उत्पादन गर्न नसकिरहेको भन्दै उनले उल्टै खेलाडीसँग भेदभाव गरेर युवाहरुको ऊर्जा र मनोबललाई खस्काउने काम गरिरहेको आरोप लगाए ।

अगामी दिनमा सखुवाप्रसौनी गाउँपालिकाका युवाहरुलाई खेलकुद, कुस्तीलगायतको प्रशिक्षण दिलाएर अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।प्रतियोगिताको उद्घाटन समारोहमा सखुवाप्रसौनी गाँउपालिकाकी उपाध्यक्ष शर्मला विष्ट ,वडाध्यक्ष मोजÞालिम मियाँ, अनिरुद्ध पटेल, शंकर चौधरी, जवाहिर पटेल, जदु साह तेली लगायतकोपनि सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily