Aadarsh-Daily

बारा : ५ वर्ष देखि हराएकी दुई महिलाको उद्दार

ad-4p

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ५ वर्ष देखि हराएकी दुई महिलाको उद्धार गरेको छ । जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ७ धोधारपा बस्ने मानसिक अवस्था ठिक नभएको वर्ष २३ की रंजिता चौधरी र देवताल गाँउपालिका वडा नम्बर ४ बस्ने वर्ष ४० की बबिता देवी गिरीको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

content ad p2
content left

दुबै महिला ५ वर्ष देखि हराएको सूचना प्रहरी समक्ष आए पछी जिल्ला प्रहरी कार्यालयबाट बिभिन्न माध्यमहरूद्वारा खोज तलास गर्दै जाने क्रममा देश भारतको अन्जली मेन्टल हेल्थ राइट्स अर्गनाइजेसनमा उपचरार्थको अवस्थामा फेला परेको थियो ।

प्रहरीले उक्त संस्थाको समन्वयमा फागुन ५ गते दुबै महिलाहरूलाई उद्दार गरि अभिभावकलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily